३० माघ २०८१, बुधबार | February 12, 2025

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटी लिइ रिहा गर्न आदेश दिएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछानेलाई प्रहरीले गत आइतबार हिरासतमा लिएको थियो ।

त्यसअघि लामिछाने ८४ दिन हिरासतमा बसेर जिल्ला अदालत कास्कीमा ६५ लाख धरौटी तिरेर गत बिहीबार रिहा भएका थिए ।

लामिछानेमाथि कास्कीमा सूर्यदर्शन सहकारीको रकम ठगी, संगठित अपराध र सम्पति शुद्धिकरणको अभियोग लगाइएको थियो । सोही अभियोगमा लामिछानेलाई गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : १९ बजे

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी