७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सरकारमा सहभागी कांग्रेसका मन्त्रीको बैठक देउवानिवासमा बस्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुसँग आज सामूहिक छलफल गर्दैछन् ।

त्यसका लागि उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका छन् । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।

सो बैठकमा मन्त्रीहरुले गरेका कामको ब्रिफिङ लिने र प्रभावकारी काम गर्न निर्देशन हुने देउवाको सचिवालयले जनाएको छ ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो। गत भदौमा पहिलो बैठक बसेको थियो भने दोस्रो बैठक बिहीबारका लागि बोलाइएको हो । कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री सरकारमा छन् । सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् ।

सरकारमा सहभागी भएका केही मन्त्रीहरूको कार्यक्षमतालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेको छ । बैठकमा यसबारे पनि छलफल हुनेछ ।

सरकारमा सहभागी केही मन्त्रीको पफमेन्स राम्रो नभएको र बेला-बेलामा विवादमा आएर आलोचना भइरहेको भन्दै देउवाले निर्देशन दिनका लागि पनि बैठक आवश्यक परेको स्रोतको भनाई छ ।

यसैगरी सरकारका कामका विषयलाई लिएर कांग्रेसकै नेताहरूले विरोध गरिरहेकाले पार्टीभित्र कसरी स्पष्ट पार्ने भन्नेबारेपनि छलफल हुनेछ। कांग्रेसले आउँदो संसद अधिवेशन प्रभावकारी बनाउनका लागि पनि छलफल गर्दैछ । मन्त्रिपरिषद् बैठकले कतिपय विधेयक संसद्‍मा पेश गर्ने निर्णय गरिसकेको छ भने, संसदीय समितिबाट पनि पारित गरेर सदनमा विधेयक पेश गर्ने गरी छलफल अघि बढेको छ ।

कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकास सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।

दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ८ : २५ बजे

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका