७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पार्टी बैठकमा गगन विश्वले भने – अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौं



काठमाडौं। केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ ।

नेपाली कांग्रेसबाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उक्त बिफ्रिङ गरेका हुन् ।

‘बैठकमा अध्यादेशका बिषयमा पनि कुराकानी भयो, अध्यादेश ल्याएको जानकारी गराउनु भयो महामन्त्रीज्यूले, यसमा पोजिटिभ कुरा भयो, छलफल गरेरै अध्यादेश ल्याएकौं भने पछि यसमा थप चर्चा परिचर्चा नगरौं भन्नुभयो,’ बैठक पछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

अध्यादेशका बारेमा कांग्रेसभित्र मत मतान्तर देखा परेपछि सभापति देउवाले आज ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ मन्त्री संसदीय दल कार्यसमितिको बैठक बोलाएका थिए ।

सभापति देउवाले गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीको निर्देशन अनुसार काम गर्नका लागि सबैलाइ निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १२ : १९ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ