३० माघ २०८१, बुधबार | February 12, 2025

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा



काठमाडौं । डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्दती विपरित भएको जनाएको छ ।

डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तीमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहसपैरवी गरी अदालतबाट बाहिरिने क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

“कानुन व्यवसाय स्वतन्त्र न्यायपालिकाको अङ्ग हो, अदालतमा उपस्थित भई पक्षको तर्फबाट स्वतन्त्र र निर्भीक रूपमा बहसपैरवी गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी अधिकार हो”, डिएलएद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

डिएलए नेपालले काठमाडौँ जिल्ला अदालतबाट बाहिरिने क्रममा हुलदङ्गा, लछारपसार, कुटपीट तथा नाराबाजी गर्नु स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक पद्दती विपरित भएको जनाएको छ । यस्तो गतिविधिमा संलग्न हुनु गैरकानुनी भएको भन्दै डिएलएले सोको भर्त्सना गरेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानसहित तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न डिएलए नेपालले विज्ञप्तीमार्फत सरकारसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  २ : २० बजे

‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’

प्रयागराज । यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न

झापामा महिलाको शव फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा एक महिलाको शव नग्न

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो