१० पुस २०८२, बिहिबार | December 26, 2025

रवि लामिछानेविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै



बुटवल । जिल्ला अदालत काठमाडौंबाट मंगलबार ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा अर्को मुद्दा दर्ता तयारी भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पूर्वगृहमन्त्री लामिछाने र उनका साझेदार एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसहितविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध शुक्रबार पुरक अभियोग दर्ता गर्ने तयारीमा सरकारी वकिल कार्यालय रहेको छ ।

बिहीबार मात्रै १७ जनाविरुद्ध थप अभियोग पत्र दायर गरिएको छ । गोर्खा मिडिया नेट्वर्कमा रविका साझेदार तथा सुप्रिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)सहित २८ जनाविरुद्ध पहिले नै अभियोग दर्ता भइसकेको छ । बिहीबार थप अभियोगमा प्रतिवादी जीबीसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर समावेश गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यसअघि नै मुद्दा दर्ता भइसकेकाहरूको कसुरमा बिहीबार थप कसुर र बिगोसहित अभियोग लगिएको छ । पुरक अभियोग शुक्रबार दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ ।

लामिछाने र जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा पनि मुद्दा दायर गर्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको छ ।

सुप्रिम सहकारीबाट एक हजार ८२८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको आरोप छ। बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको पुरानै अभियोग छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविको नाममा सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ निकासा गरिएको भेटिएको जनाएको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीका सञ्चालक समितिको नाम र विवरण पनि अभियोग पत्रमा छ । जस रविको नाम उल्लेख छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्ये रविको पनि हिनामिनामा संलग्ता रहेको संसदीय छानबिन समितिले पुष्टि गरेको थियो । रकम अपचलन गर्ने कम्पनीमा रविको एक लाख ८० हजार कित्ता सेयर देखिएको थियो ।

यस सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ छ । २०७८ पुस ७ गते गोर्खा मिडिया नेट्वर्क प्रालिको शेयर रविको नाममा कायम गरेको भेटिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ८ : २८ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र