११ पुस २०८२, शुक्रबार | December 26, 2025

मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण



कञ्चनपुर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गरेका छन । ‘भेरियेसन’ का कारण पुल निमार्ण प्रभावित भएपछि आज मन्त्रीद्वय लेखक र दाहालले पुलको निरीक्षण गरेका हुन ।

पुल छेउमा निर्माणाधीन पोखरीको ‘गाइडबन्ड’ (बाँध)को परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि भेरिएसन नभएकाले पुलसँगै बन्ने अन्य संरचनाको काम रोकिएको छ ।

गत भदौमा महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर बाँध भत्काएको थियो । सोही कारणले महाकाली नदीमा बनेको चारलेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि त्यसको विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्रीद्वय स्थलगत अवलोकनका लागि महेन्द्रनगर पुगेका हुन ।

पुलको अवलोकन गर्दै गृहमन्त्री लेखकले गाइडबन्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताए । “पुलको पारि दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्ण हुने अन्तिम चरणमा छ, यो पुल सफल भएन भने सुक्खा बन्दरगाहसमेत सफल हुँदैन”, उनले भने, “चाँडोभन्दा चाँडो यो समस्याको समाधान गर्न विकल्पको खोजीका लागि स्थलगत अवलोकनमा आएका हौँ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताए । महाकाली नदीमा निर्मित चारलेनको पक्की पुलको दुवैतर्फ छ सय मिटर चौडाइ र दुई हजार आठ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ ।

सुरुमा पोखरीको गाइडबन्ड दुई सय ५० किलोभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो  । ठूला ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गरी ‘ग्राभेल’ र कङ्क्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको सडक विचागले जनाएको छ ।

नयाँ डिजाइन वीकृत भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । उक्त गाइडबन्ड नदीले भत्कारएर महाकाली बस्तीतर्फ सोझिएको छ । सोही कारण बस्ती र पुलसँग पुग्ने पहुँच मार्ग जोखिममा परेको छ ।

भीमदत्त नगरपालिका-१२ का स्थानीय कृष्णसिंह देउवाले भुजेलाखोला र महाकाली नदीमा बनेको बाँध भत्किएपछि पुलसँगै बस्ती जोखिममा परेकाले समयमा बाँध निर्माण गर्न मन्त्रीसँग आग्रह गरे । “वर्षा सुरु हुन तीन÷चार महिना मात्रै बाँकी छ, यहाँ पुनः बाढी आउन सक्छ । यहाँका स्थानीय अहिलेदेखि नै बाढीको त्रासमा छन्”, उनले भने, “यथाशीघ्र बाढीको समस्या समाधान नभए भीमदत्तका तीन वडा र पुलमा क्षति हुनसक्छ ।”

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताए । “नयाँ डिजाइन गत चैतमा स्वीकृत भएको हो । अहिलेसम्म भेरिएसन भएको छैन”, उनले भने, “भेरिएसनका लागि पटकपटक ताकेता गर्दा पनि हुन सकेको छैन ।”

इन्जिनियर पाण्डेयले समयमा भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुनसक्ने बताए । “नयाँ डिजाइनको भेरिएसन नहुँदा स्वीकृत हुने बित्तिकै हुने आशामा गाइडबन्डको काम गरियो, महाकालीको बाढीले गाइडबन्ड बगाएपछि अहिले क्षतिपूर्ति नपाउने अवस्था आएको छ”, उनले भने, “बर्खा अगावै गाइडबन्डको काम गर्न नसकिए बाढीले ठूलो क्षति हुनसक्छ ।”

पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माण गत वर्ष सकिए पनि पुलसँगैका अन्य संरचना भने निर्माण हुन बाँकी छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ५१ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र