११ पुस २०८२, शुक्रबार | December 26, 2025

भैरहवा आइपुगे रवि लामिछाने, भोलि अदालत उपस्थित हुने



भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा आई पुगेका छन् । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा लामिछानेलाई अभियुक्त बनाइएपछि जिल्ला अदालत रूपन्देहीमा हाजिर हुन भैरहवा आई पुगेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो भैरहवा आई पुगेका हुन् ।

सभापति लामिछानेले नेता कार्यकर्तासँग भेटघाट गरेको पार्टीका युवा नेता जीत बहादुर गुप्ता (शेखर) ले बताए । रास्वपा सिद्धार्थनगरका निवर्तमान सभापति सुमन न्यौपानेका अनुसार भैरहवाको देवकोटाचोकस्थित मेरिगोल्ड होटलमा उनी बास बस्नेछन् । आज भैरहवा आएका लामिछाने बुधबार (भोली) अदालत हाजिर हुने रास्वपाका एक नेताले बताए ।

रविसहित ४२ जनालाई अभियुक्त बनाउँदै रूपन्देही जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता गरिएको थियो । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।

रविसहितका आरोपीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दामा सजाय माग गर्दै मुद्दा दर्ता भएको छ । यसअघि सहकारी ठगी आरोपमा कास्की र काठमाडौं जिल्ला अदालतबाट लामिछाने क्रमः ६५ लाख र ६० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : ५२ बजे

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल

सरकारले निर्वाचनको वातावरण बनाएको छ : सञ्चारमन्त्री खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

पर्यटन ऐन र वन ऐन पर्यटन व्यवसायका बाधक

बुटवल । पर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।