१९ माघ २०८२, सोमबार | February 2, 2026

सिजी मोटर्सको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर बुटवलमा सार्वजनिक



बुटवल । सिजी मोटर्सले बुटवलमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी दुई मोटरसाइकल ग्राण्ड लन्च गरीएको हो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, बुटवल-९ का वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठ, बुटवलस्थित सिजी मोटर्सको आधिकारिक बिक्रेता हिमालयन अटो ट्रेडिङ्ग प्रालिका म्यानेजिङ डाइरेक्टर भेषराज गैरेलगायतले नयाँ मोटरसाइकल सार्वजनिक गरेका हुन् ।

हिरोको एक्स्ट्रिम १६० आर फोरभीको मूल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टको लागि ३ लाख ११ हजार ९ सय रहेको सिजी मोटर्सका लुम्बिनी प्रदेश एरिया सेल्स म्यानेजर नेत्र कुँवरले जानकारी दिए । सार्वजनिक भएका दुवै मोडेलहरू नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्बली प्लान्टमा एसेम्बल गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्स्ट्रिम १६० आर फोरभीमा १६० सिसी सेगमेन्ट रहेकोमा सार्वजनिक गरिएको बाइकमा १६३ सिसी ४-भल्भबीएस-भीआई इन्जिन रहेको छ । यसले ८ हजार ५ सय आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५ सय आरपीएममा १४।६ एनएम टर्क उत्पादन गर्छ । १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिने कम्पनीले जनाएको छ ।

एक्स्ट्रिम १२५ आर १२५ सिसीको इन्जिन रहेको छ । यसमा ईबीटी प्रणाली उपलब्ध छ । एक्स्ट्रिम १२५ आरको मस्कुलर र सार्प डिजाइनअन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलइडी हेडल्याम्प, एलइडी टर्न सिग्नल, र सिग्नेचर एलइडी टेल लाइट समावेश रहेको सिजी मोटर्सका रिजनल सेल्स म्यानेजर विभेक सिंघालले जानकारी दिए ।

हिरोले आकर्षक डिजाइनसहितको नयाँ मोटरसाइकलहरू सार्वजनिक गर्दै कलाकारमार्फत सांगीतिक प्रस्तुतिसमेत दिएको थियो । कार्यक्रममा गायक निशान भट्टराई, गायिक सुजाता पाण्डेलगायतले आआफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ५७ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन