७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अध्यादेशको प्रतिरक्षा गर्न एमालेले दियो सांसदहरूलाई निर्देशन



काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले सरकारले ल्याएका अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ ।

एमाले संसदीय दलले अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको हो।

संसदको ल्होत्से हलमा आयोजित प्रशिक्षणमा अधिवक्ताहरू केदार कोइराला र राजेन्द्र घिमिरेले सांसदहरूलाई प्रशिक्षण दिएका छन् ।

विपक्षी दलहरु र सत्तारुढ कांग्रेसकै कतिपय नेताहरुले समेत अध्यादेशको आलोचना गरिरहेको बेला एमालेले प्रशिक्षण दिएको छ । सरकारले गत साता ५ वटा अध्यादेश ल्याएको थियो। यही माघ १८ गतेदेखि सुरु हुने संसद अधिवेशनको पहिलो दिन नै ती अध्यादेशहरु संसद बैठकमा प्रस्तुत गर्नुपर्छ ।

विपक्षी दलहरुले पहिलो दिनदेखि नै सरकार विरुद्ध संसदमा सशक्त आवाज उठाउने तयारी गरिरहेका बेला एमालेले सांसदहरुलाई अध्यादेशको प्रतिरक्षा गर्न प्रशिक्षण दिएको हो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : १९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क