२ बैशाख २०८३, बुधबार | April 16, 2026

रुपन्देहीमा माघ २२ गतेदेखि ५८ हजार ८ सय बढी किशोरीहरुलाई क्यान्सर विरुद्धको एचपिभी खोप लगाइदै

कुनै असर नगर्ने स्वास्थ्य विज्ञको भनाइ



बुटवल । रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाइने भएको छ । देश व्यापी अभियान अन्तरगत रुपन्देही जिल्लामा यहि माघ २२ गतेदेखि फागुन महिनाको ६ गते सम्म खोप लगाइने जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए ।

जिल्लामा दुई चरणमा खोप अभियान चलाइनेछ । जस अनुसार पहिलो चरणमा माघ महिनाको २२ गतेदेखि २९ गतेसम्म जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगर नगरपालिकामा र माघ २२ देखि २७ सम्म सैनामैना, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकामा रहेका विद्यालयमा खोप केन्द्र निर्माण गरी खोप अभियान चलाइने छ ।

यस्तै जिल्लामा दोस्रो चरणमा फागुन १ देखि ६ गते सम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका सहित ओमसतिया, रोहिणी, लुम्बिनी सास्कृतिक, सम्मरीमाई, मर्चवारी गाउँपालिकामा खोप अभियान चलाइने छ । पाठेघरको क्यान्सर विरुद्धको यो खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालय बाहिरका १० वर्ष उमेर देखि १४ वर्ष उमेर सम्मका सबै छात्राहरुलाई लगाइने छ । अभियानको लागि जिल्लामा कुल ६ सय ८५ खोप केन्द्र सञ्चालन गरिने स्वाथ्य कार्यालय रुपन्देहीका ल्यावटेक्नीसियन अधिकृत खिमलाल पाण्डेले बताए ।

डब्लु एचओका चिकित्सक डा सागर तिवारीका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाइरस २ सय बढी प्रजातिका हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ भने यसमध्ये पनि ‘प्रजाति १६’ र ’प्रजाति १८’ प्रमुख कारण हुन भन्ने कुरा विभिन्न अध्ययनहरूले देखाएको छ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको समेत डा. तिवारी बताउँछन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ५ : ३६ बजे

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश

नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार