२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीमा माघ २२ गतेदेखि ५८ हजार ८ सय बढी किशोरीहरुलाई क्यान्सर विरुद्धको एचपिभी खोप लगाइदै

कुनै असर नगर्ने स्वास्थ्य विज्ञको भनाइ



बुटवल । रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाइने भएको छ । देश व्यापी अभियान अन्तरगत रुपन्देही जिल्लामा यहि माघ २२ गतेदेखि फागुन महिनाको ६ गते सम्म खोप लगाइने जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए ।

जिल्लामा दुई चरणमा खोप अभियान चलाइनेछ । जस अनुसार पहिलो चरणमा माघ महिनाको २२ गतेदेखि २९ गतेसम्म जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगर नगरपालिकामा र माघ २२ देखि २७ सम्म सैनामैना, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकामा रहेका विद्यालयमा खोप केन्द्र निर्माण गरी खोप अभियान चलाइने छ ।

यस्तै जिल्लामा दोस्रो चरणमा फागुन १ देखि ६ गते सम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका सहित ओमसतिया, रोहिणी, लुम्बिनी सास्कृतिक, सम्मरीमाई, मर्चवारी गाउँपालिकामा खोप अभियान चलाइने छ । पाठेघरको क्यान्सर विरुद्धको यो खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालय बाहिरका १० वर्ष उमेर देखि १४ वर्ष उमेर सम्मका सबै छात्राहरुलाई लगाइने छ । अभियानको लागि जिल्लामा कुल ६ सय ८५ खोप केन्द्र सञ्चालन गरिने स्वाथ्य कार्यालय रुपन्देहीका ल्यावटेक्नीसियन अधिकृत खिमलाल पाण्डेले बताए ।

डब्लु एचओका चिकित्सक डा सागर तिवारीका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाइरस २ सय बढी प्रजातिका हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ भने यसमध्ये पनि ‘प्रजाति १६’ र ’प्रजाति १८’ प्रमुख कारण हुन भन्ने कुरा विभिन्न अध्ययनहरूले देखाएको छ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको समेत डा. तिवारी बताउँछन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ५ : ३६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय