२३ बैशाख २०८३, बुधबार | May 7, 2026

बर्दियामा चेलीबेटी बेचबिखनको जोखिममा रहेका तीन सय ३५ जनाको उद्धार



बर्दिया । बर्दियामा चेलिबेटी बेचविखनको जोखिममा रहेका र जोखिम पूर्ण यात्राको क्रममा रहेका तिन सय ३५ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपाल बर्दियाको रेकर्ड अनुसार सन् २०२४ मा सिमानाबाट उनीहरुको उद्धार गरिएको हो ।

जोखिमपूर्ण यात्रामा सिमानाबाट उद्धार गरी आवास गृहमा राखी आवश्यक परामर्श दिईएको छ । सिमा क्षेत्रबाट उद्धार गरिएकामध्ये १८ वर्षमुनिका २३७ जना र १८ वर्षमाथिका ९८ जना रहेका छन ।

माइती नेपाल गुलरिया बर्दियाकी संयोजक गायत्री रिमालका अनुसार बर्दियामा ३९० जनालाई मानव बेचबिखन र सुरक्षित बसाइसराइबारे जानकारी दिँदै पारिवारिक पुनर्मिलन गराइएको छ । श्रम र यौन शोषणमा परेका तीन जनाको उद्धार गरिएको छ । घरेलु हिंसाका ३९ घटनामध्ये ३७ घटनाको समाधान गरिएको छ । बेचबिखनसम्बन्धी चार वटा मुद्दा दर्ता भई आवश्यक सहयोग प्रदान गरिएको छ भने जबरजस्ती करणीसम्बन्धी ५३ मुद्दामा परामर्श र सहयोग गरिएको छ ।

मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे विभिन्न माध्यमबाट १८ हजार पाँच सय ७५ जनालाई जानकारी गराईएको छ भने किशोरकिशोरीहरूलाई लक्षित गरी पाँच सय ८ जनालाई विशेष परामर्श दिइएको छ ।

माइती नेपाल बर्दियाले बर्दिया जिल्लामा सन् २०१६ यता दुई हजार पाँच जना जोखिमपुर्ण यात्रामा रहेकालाई सिमानाबाट उद्धार गरिएको संयोजक रिमालले बताएकी छिन छ । पत्रकारहरुसँग अन्र्तक्रिया कार्यक्रममा बोल्दै जोखिमपूर्ण तरिकाले भारत तर्फ जाने महिलाको संख्यामा बृद्धि हुँदै गईरहेको बताइन् ।

माइती नेपाल बर्दियाले मानव बेचविखनको जोखिममा रहेका क्षेत्रमा रोकथाम, उद्धार र पुनःस्थापनाका क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ । बर्दिया जिल्लाभित्र मात्र होइन, अन्य जिल्लाबाट आई जोखिममा परेकाहरूलाई उद्धार गरीएको संयोजक रिमालको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले माइती नेपाल बर्दियाले मानव बेचबिखन नियन्त्रणमा उदाहरणीय काम गरेको बताउँदै मानव बेचविखन रोकथामको अभियानमा पत्रकारहरुले सँधै साथ दिने बताए ।

 

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : ५२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा