२६ श्रावण २०८३, मंगलबार | August 12, 2026

प्रधानमन्त्रीको रुपन्देही भ्रमण तालिका : तिनाउमा हेलिकप्टर ल्याण्ड, सिद्धबाबा सुरुङमार्ग हुँदै बुटवल-गोरुसिङ्गे सडकको शिलान्यास



बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) रुपन्देही आउने भएका छन् । यस क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली आज रुपन्देही आउन लागेका हुन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली आज (शुक्रबार) पाल्पा जिल्लाका ३ वटा कार्यक्रम र रुपन्देही जिल्लाका १ वटा कार्यक्रममा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले जानकारी दिए । उनी रुपन्देही आउने भएपछि यहाँको सुरक्षा व्यवस्थालाई बिहिबारदेखि नै सतर्क राखिएको छ ।

अध्यक्ष गैरेका अनुसार पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटनपछि हेलिकप्टर मार्फत बुटवल मण्डपस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिषरमा आउने कार्यक्रम तय भएकोमा समय अभावका कारण सिधै तिनाउ गाउँपालिकाको कार्यालय भवन नजिकै दोभानमा सवा १२ बजे ल्याण्ड गर्ने व्यवस्थापन जानकारी दिए ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, यातायात मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पाल्पाका सांसदहरु ठाकुर गैरे र नारायण आचार्य समेत कार्यक्रममा सहभागी अध्यक्ष गैरेले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा नव निर्मित तिनाउ गाउपालिकाको प्रशासकीय भवन समुद्घाटन गर्ने कार्यक्रम पछि पौने १२ बजे सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ को कार्यक्रममा विशेष सहभागिता जनाउने छन् । सिद्धबाबा सुरुङमार्ग आयोजनालाई एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले ड्रिम प्रोजेक्टको रुपमा अगाडि बढाएका थिए ।

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले आज गर्दै

सुरूङमार्गको ‘ब्रेक थ्रु’ उत्सव लगत्तै प्रधानमन्त्री ओली बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्ने कार्यक्रम सहभागी हुनेछन । उक्त आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बुटवल उपमहानगरपालिका-१३ जितगढीमा प्रधानमन्त्री ओलीले शिलान्यास बताइन ।

सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक स्तरोन्नति गर्दैछ । बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिने आयोजना प्रमुख न्यौपानेले बताइन ।

आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ । निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलगअलग ठेक्का भएकाले काम पनि दुईतर्फबाट एकैपटक हुनेछ । पचास किलोमिटर सडकअन्तर्गत सालझण्डी-पिपरा र वनगाई-गोरुसिङ्गेसम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।

पूर्व-पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए । यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरुमा अन्डर पास र ओभर पास हुनेछन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : ३४ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र