५ पुस २०८२, शनिबार | December 20, 2025

३७ डिएपीको बढुवा सिफारिस हुँदा १७ एसपीको सरुवा (सरुवा सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गर्दा १७ जना एपीको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो । हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो।

बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन्। दोस्रो नम्बरमा सुमित खड्का र तेस्रो नम्बरमा ठाकुरप्रसाद पोखरेल परेका छन्।

यस्तै, बढुवा सिफारिसमा समावेश भएकामा मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का रहेका छन्।

यस्तै, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाईं, भरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईं, किशोरकुमार श्रेष्ठ बढुवा सिफारिसमा परेका छन्।

यसैगरी, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रविन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने बढुवा सिफारिस भएका छन्।

यस्तै, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगमबहादुर कुँवर बढुवा सिफारिस भएका छन्।

प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । राजमार्ग प्रहरी सुरक्षा कार्यालय सुर्खेतबाट एसपी अपिलराज बोहरालाई काठमाडों प्रहरी परिसरमा सरुवा गरेको छ भने नरहरी रेग्मीलाई जिल्ला प्रहरी कार्यालय ललितपुर सरुवा गरेको छ । राजन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
यस्तो छ सरुवा सूची :

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १ : ३७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता