२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

ओली र देउवाबीच सहमति हुन्जेल यो सरकारलाई केही हुन्नः सञ्चारमन्त्री



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बिच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।

शनिबार लमजुङमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले एमाले र कांग्रेस मिल्दा संसदमा अत्यधिक बहुमत पुग्ने भएकाले अरूका हल्लाले कुनै अर्थ नराख्ने बताए ।

‘कुनै साना पार्टीले निहुँ खोजेर यो सरकार ढल्नेवाला छैन, यो सरकार आगामी चुनावसम्म सहज ढङ्गले अघि बढ्छ, सरकार ढल्छ भन्ने हल्ला प्रतिपक्षमा बस्नेहरूले आफ्ना कार्यकर्तालाई सान्त्वना दिन गरेको हल्ला मात्र हो’, उनले भने ।

अहिलेको सरकाले बलियो सरकार भएकोले तत्काल केही नहुने पनि उनले बताए । सरकार फेरिने कुने सम्भावना नरहेको पनि गुरुङले प्रष्ट पारेका छन ।

जब जब मुलुकमा सङ्कट पर्छ त्यति बेला कांग्रेस र एमाले मिलेका उनले स्मरण गराएका छन । निर्दलीय व्यवस्था फाल्न होस् वा गणतन्त्र ल्याउन होस्, सबै अप्ठेरा कालखण्डमा कांग्रेस एमाले मिलेका उनले बताए ।

माओवादीको १० वर्षे द्वन्द्वको बेलमा धेरै मानिस मारिएका र दुःख पाएका कारण उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउन पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका गुरुङले स्पष्ट पारे ।

अहिले अर्थतन्त्र तहसनहस भएकोले त्यसलाई ठिक ठाउँमा ल्याउन कांग्रेस र एमाले एक ठाउँमा उभिएका उनले बताए । अस्थिर सरकारको कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको गुरुङले बताए । मुलुकको अस्थिरता अन्त्य गर्न दुई ठुला राजनीतिक दल एक ठाउँमा उभिनु परेको गुरुङले स्पष्ट पारेका छन ।

प्रचण्ड नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने काम गरेको उनको आरोप छ । कमिसनखोरसँग सरकार मिलेर मुलुकलाई अस्तव्यस्त बनाउने काम गरिएको उनको भनाइ छ ।

पुराना नीति र ऐनका कारण अहिले पनि नागरिकले सहज सेवा पाउन नसकेकोसमेत उनले बताए । त्यसैले त्यस्ता नीति र ऐनलाई परिवर्तन गरी सुधार ल्याउन सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ ।

सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही हुने पनि उनले स्पष्ट पारे । यो कुनै एउटा व्यक्ति वा पार्टी विरुद्धको काम नभई नागरिकको सम्पत्ति सुरक्षाको काम भएको उनले बताए । त्यसैले न्यायालय वा सरकारलाई गाली गरेर कुने पनि सहकारी ठग उम्कन नसक्ने उनको भनाइ छ  ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ३ : ५१ बजे

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि