७ आश्विन २०८३, बुधबार | September 23, 2026

गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिनेछैनौँ : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादतिरको यात्रामा अव ढिलाइ गर्न नहुने बताएका छन् ।

माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध चलिरहेकै बेला आफूहरूले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिनेछैनौँ भनेर विश्वलाई नै भनेको चर्चा गर्दै उनले समाजवादको यात्रामा अब ढिला गर्न नहुने बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिन नहुने बताए ।

अध्यक्ष प्रचण्डले अहिले भूमाफिया, दलाल, बिचौलियाहरू र जालीझेलीहरूका विरुद्ध माओवादी आमनेसामनेको स्थितिमा रहेको उल्लेख गर्दै शान्तिपूर्ण संघर्षको माध्यमबाट तिनलाई परास्त गर्दै जनतालाई साच्चै अधिकारसम्पन्न बनाउनेतर्फ अग्रसर हुनुपर्ने औंल्याए ।

‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ,’ उनले भने, ‘ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु ।’

दलाल नोकरशाही पुँजीपति र माओवादीको लडाँई आम्ने सम्नेमा पुगेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले उनीहरु विरुद्धको संघर्ष भने शान्तिपूर्ण हुने स्पष्ट पारे । ‘फेरि शसस्त्र युद्ध लड्न आवश्यक देखिएको छैन,’ उनले भने, ‘निशस्त्र नै भूमाफिया र सामन्तहरु बिरुद्धको संघर्ष शसस्त्र हुने छ ।’

उनले माओवादीले आफुहरुलाई जनयुद्धको आधार तयार गरिदिने वर्गसँगको सम्बन्ध कमजोर भएको आत्मसमिक्षा गरिएको चर्चा गर्दै माओवादी पुनः जनतामा फर्कने प्रतिबद्धताका साथ जनतामा आएको बताए । उनले माओवादी आन्दोलनलाई एकताबद्ध गराउने अभियान सुरु भइसकेको बताउँदै छरिएर रहेका माओवादी शक्तिहरुलाई एकजुट हुन अविल गरे ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ४७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई