१० पुस २०८२, बिहिबार | December 25, 2025

मोर्चाले आफ्ना नीति तथा कार्यक्रममा समाजवादी प्रणालीलाई प्राथमिकतामा राख्ने



काठमाडौँ । समाजवादी मोर्चाले आफ्ना नीति तथा कार्यक्रममा समाजवादी प्रणालीलाई प्राथमिकतामा राख्ने भएको छ ।

मोर्चाको आज बसेको सचिवालय बैठकले देशमा विद्यमान समस्या समाधान गर्न अहिलेको राजनीतिक व्यवस्थामा राज्यका सबै तहमा समाजवादी चरित्र तथा आदर्शलाई कार्यक्रममा समावेश गर्ने निर्णय गरेको मोर्चाका सदस्य सचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकले बनाउन लागेको दस्तावेजमा समाजवादी व्यवस्थालाई कार्यान्वयन गर्न वामपन्थी शक्तिबीच एकता तथा प्रगतिशील लोकतान्त्रवादी शक्तिलाई विश्वासमा लिएर कार्यक्रम तय गर्ने निर्णय गरेको छ । समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेकाले त्यसलाई सम्पन्न गरी शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण गरिने जनाइएको छ ।

बैठकमा मोर्चाले हालसम्म गरेका उपलब्धी तथा कमजोरी, सबै प्रदेश संरचनाका गतिविधिबारे समीक्षा यही माघ १५ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा गर्ने सभाको व्यवस्थापनबारे कार्यक्रम तय गरेको छ ।

विसं २०८० असार ४ गते नेकपा (माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा गठन गरेकामा पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा सक्रिय छैन ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ३५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना