३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँकेमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना



बाँके । जिल्लामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । अयोगको नवनियुक्त अध्यक्ष घननाथ खनालले कार्यालय स्थापनापछि जिल्ला समन्वय समितिमा कार्यभारसमेत सम्हालेका छन ।

अध्यक्ष खनालले जिल्लामा विद्यमान भूमिसम्बन्धी समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने उल्लेख गर्दै पालिकाबाट अहिलेसम्म ४४ हजार पाँच सय २३ भूमिसम्बन्धी समस्या आएकाले ती समस्याको अध्ययन गरी समाधानका उपाय खोजिने बताए ।

उनले भने, “यसको विस्तृत अध्ययन गरेपछि सङ्ख्या बढ्न पनि सक्छ, त्यसपछि पुर्जाका लागि आयोगले सिफारिस गर्न सक्छ ।” समस्या पहिचान र समाधान प्रक्रियामा सबैको साथ र सहकार्य जरुरी रहेकामा जोड दिँदै उनले नयाँ नापजाँचको काम केही महिनापछि सुरु हुने जानकारी दिए ।

अध्यक्ष खानलले यही फागुन ७ गतेदेखि सबै स्थानीय तहका वडामा कर्मचारी पुग्ने जानकारी दिँदै कर्मचारी व्यवस्थापनको काम पनि दु्रुत गतिमा अघि बढाइएको बताए ।

कार्यक्रममा सङ्घीय सांसदहरू सूर्य ढकाल, दिपा शर्मा, लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, वैजनाथका अध्यक्ष प्रकाशबहादुर शाही, खजुराका अध्यक्ष डम्बरबहादुर विक, नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, जानकीका अध्यक्ष छब्बन खाँ, डुडुवा उपाध्यक्ष शाहिदा बानो, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, एमालेका जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा माओवादीका जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायत व्यक्तिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ६ : ४४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन