५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रादेशिक महोत्सव लुम्बिनीको, आकर्षण कर्णालीका उत्पादन



नेपालगन्ज । नेपालगन्जमा जारी लुम्बिनी प्रादेशिक महोत्सवमा कर्णालीका उत्पादनहरु अवलोकनकर्ताको आकर्षण बनेका छन् । अन्य स्टलहरुमा भन्दा महोत्सवमा राखिएका कर्णालीका उत्पादनहरु प्रति अवलोकनकर्ताले रुचि देखाएसँगै महोत्सवको आकर्षण नै कर्णालीका उत्पादन बनेको हो ।

महोत्सवमा कर्णालीमा उत्पादन भएका गाँजाको लत्ताकपडा देखि बनपाखामा पाईने जडिबुटी सम्मका सामाग्रीहरु प्रदर्शनका लागि राखिएका छन् । सल्यानको खुकुरी तरबार देखि हुम्लाको ओखर र भाङ्गो पनि मेलामा उपलब्ध छन् । जुम्लाको भाङको तेल, भाङको साबुन, मह देखि चिनो, मार्सि चामल, फापर पिठो, गाँजाको चियापत्ती जस्ता कर्णालीका उत्पादनहरु महोत्सवमा राखिएका छन् ।

अल्लो कपडा र गाँजाको कोट र झोलामा दर्शकको अभिरुची बढी भएपनि कर्णालीका खाद्यान्नमा अवलोकनकर्ताको खासै चासो नदेखिएको स्टल होल्डरहरुले बताए । महोत्सवमा अल्लो र गाँजाका पर्स, आस्टकोट, कोट, झोला, गलबन्दीआदी राखिएका छन् । हुम्ला संखेलीका हरिलाल बुढा पहिलो पटक हुम्लाको उत्पादन लिएर महोत्सवमा आएका छन् । कर्णालीलाई चिनेका केही ग्राहकले सामान किनेपनि हेरेर मात्र जाने धेरै भएको बुढाको गुनासो छ । अर्गाानीक र पहाडी उत्पादनलाई नेपालगन्जका स्थानीयले चिन्न नसकेको उनको भनाई छ । ‘असली माल मान्छेले चिनेनन् ।’ बुढाले भने ।

सल्यानमा बनेको खुकुरी लिएर स्टलमा बसेकी टीका बिक महोत्सवको व्यापारबाट सन्तुष्ट नै देखिन्छिन् । सापोनापो ब्यापार राम्रो भएको उनको भनाई छ । सल्यानमा बनेको खुकुरी, तरबार, मासु काट्ने दाउ र फलामका चक्कुहरु उनको स्टलमा छन् । छालाको खुकुरी राख्ने दाप पनि उनको स्टलमा पाईन्छ । दर्शकको रुची खुकुरी तर्फ नै बढी देखिएको बिकले बताइन् ।

पहिले पटक महोत्सवमा आएका जुम्लाका शैलेन्द्र एडी महोत्सवबाट आम्सिक खुसी देखिन्छन् । जुम्लाको मकै, चीनो, भाङ्गो, चुक, मकै, फापर र कोदोको पिठो सहित जुम्लाका स्थानीय दलहन उनको स्टलमा छ । ‘पहिलो अनुभव हो । कर्णालीलाई जनता माझ देखाउन पाईयो, खुसी नै छौं ।’ उनले भने ।

जडिबुटी ब्यवसायी संघले राखेको स्टलमा पनि अधिकांस जडिबुटीहरु कर्णाली कै रहेका छन् । ब्यापार भन्दा प्रदर्शनमा सिमित रहेको संघको स्टलमा जङ्गलमा पाईने वडिबुटीहरु राखिएका छन् । कर्णालीले महोत्सवको रौनक बढाएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । उनले महोत्सवबाट कर्णाली र दुर दराजका कृषि उत्पादनहरुको प्रवद्र्धन भएको बताए । शहरमा बसेका युवाहरुले पनि हिमाली भेगमा हुने उपजहरु देख्न पाएको उल्लेख गर्दै धामीले दर्शकहरु पनि कृषिका स्टलहरुमा बढी रोकीने गरेको जनाए ।

मेलाको मुल उद्देश्यलाई कर्णालीका स्टलहरुले प्रतिनिधित्व गरेको महोत्सवका प्रचार संयोजक डम्बर चन्दले बताए । उनले महोत्सवको मुख्य उद्देश्यले स्वदेशी उत्पादनको प्रचार प्रशार गर्नु रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ५ : ३९ बजे

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा