२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

विद्युतको हाइटेन्सन लाईनको करेन्ट लागेर बालकको मृत्यु



कोहलपुर । बाँकेको कोहलपुरमा विद्युतको हाइटेन्सन लाईनबाट करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ । घाँस काट्नका लागि जङ्गलमा गएका एक बालकको विद्युतको हाइटेन्सन लाईनबाट करेन्ट लागरे मृत्यु भएको हो ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय बालक सन्दीप अर्याल रहेका छन् । अर्यालको घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाईनबाट करेन्ट लागेर मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा कुसुमको रुखमा चढेका सन्दीपलाई विद्युतको हाइटेन्सन लाईनमा छुन पुग्दा करेन्ट लागेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार रुखमा करेन्ट लागेर भुइँमा लडी घाइते भएका सन्दीपलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएकोमा उपचारका क्रममा डाक्टरले सन्दीपलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ९ : २३ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार