५ पुस २०८२, शनिबार | December 20, 2025

भारतमा जारी कुम्भमेलामा भागदौड मच्चिँदा कैयौं तीर्थयात्री हताहत



काठमाडौं । भारतको प्रयागराज जारी महाकुम्भको अवसरमा सङ्गममा ूभागदौड हुँदा कैयौ मानिसको ज्यान गएको छ ।

माघी अमावस्याको अवसरमा पवित्र स्नान गर्न ठूलो संख्यामा सहभागी तीर्थयात्रीहरूबीभ भागदौड मच्चिएको थियो । कम्तिमा १० जनाको ज्यान गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

मेलाका विशेष जिम्मेवारी प्राप्त अधिकारी आकांक्षा राणाले भनिने, ‘संगममा राखिएको एउटा ब्यारिकेड भाँचिएपछि केही व्यक्तिहरू घाइते भएका छन् र अस्पताल भर्ना गरिएको छ। घाइतेहरूको सही सङ्ख्या भने अझै निर्धारण गर्न बाँकी छ।’

घटना थाहा भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । उनले घाइतेहरुको तत्काल उद्दार र शीघ्र उपचाको बन्दोवस्तका लागि सरकारसँग माग गरेका छन् ।

माघी अमावस्याको अमृत स्नान महाकुम्भको सबैभन्दा महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ, जसमा करिब १० करोड तीर्थयात्रीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ०४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता