१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रादेशिक महोत्सव भित्रको थारु गाउँमा सुदूरपश्चिमको वार्चश्व, बाँके शुन्य (फोटोफिचर)



नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा प्रवेश गर्ने हरेक दर्शकको आकर्षण बनेको क्षेत्र हो थारु गाउँ । महोत्सव भित्र अर्को महोत्सवका रुपमा संचालन गरिएको थारु गाउँमा युवा अवलोकनकर्ता विशेष रुचीका साथ प्रवेश गर्ने गरेका छन् ।

थारुग्राममा पाईने ढिक्रि, घोँगी, माछाको अचार, सिद्रा जस्ता थारु समुदायका परिकारका साथै पहिचानकारुपमा अननीको जाँड पनि राखिएका कारण पनि युवाहरुको थारु गाउँका आकर्षण बढेको हो । थारु समुदायको परिकार सहित मिनी महोत्सवकारुपमा थारु साँस्कृतिक कार्यक्रम पनि थारु गाउँ भित्र प्रदर्शन गरिने गरिएको छ । थारु भाषामा आधारित गीत संगित सहित भोजपुरी र भल्गर नृत्यहरु समेत थारु गाउँ भित्र प्रदर्शन हुने गरेको एक अवलोकन कर्ताले बताए ।

बाहिर राखिएका अन्य स्टलहरुको तुलनामा थारु गाउँ भित्रका स्टलहरु भरिभराउ हुने गरेका छन् । थारु किचेनमा ढिक्री बनाउँदै गरेकी कैलालीकी सृजना चौधरीले हरेक दिन ८ देखि १० किलो पिठोको ढिक्री खपत हुने गरेको बताइन् । उनले ढिक्री, माछाको अचार र अनननीको जाँड ग्राहकले रुचाएको बताइन् । हरेक दिन १५ देखि २० हजारको ब्यापार हुने गरेको उनले बताइन् ।

कैलालीबाटै स्टल लिएर आएकी अनिता चौधरीले घोँगीमा ग्राहकको विशेष चासो हुने गरेको बताइन् । कतिपय ग्राहकले घोँगी नचिनेर के हो ? भनेर सोध्न गरेको उनले बताइन् । हरेक दिन २ केजी बढी घोँगीको परिकार बिक्री हुने गरेको बताउँदै उनले अननीको झोर (जाँड) पनि ग्राहकले खोज्ने गरेको बताइन् ।

ग्राहको आकर्षण र भइरहेको ब्यापारबाट आफुहरु सन्तुष्ट रहेको थारु अगुवा मंगल चौधरीले बताए । उनले थारु गाउँको माध्यमबाट आम नागरिकलाई थारु संस्कृति र परिकार चिनाउन पाइएको भन्दै खुसी ब्यक्त गरे ।

जुम्लाबाट मेला हेर्न पुगेका जयबहादुर रोकायाले भने बाहिर १ सय रुपैयाँको टिकट काटेर फेरि थारुको स्टलमा ४० रुपैयाँको टिकट काट्नु पर्दा दुःख लागेको बताए । मेला आयोजकले गलत गरेको बताउँदै उनले एउटै मेला भित्र दुईपटक टिकट काट्न लगाउनु उपभोक्ताका लागि ठगी भएको गुनासो गरे ।

मेला आयोजकले स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने भनेपनि थारु गाउँ भित्र बाँकेको स्टल शुन्य रहेको छ । ८ वटा स्टल रहेको थारु गाउँमा ६ वटा कैलाली र २ वटा बर्दियाका स्टलहरु रहेका छन् । बाँकेका थारु समुदायको भने थारु गाउँ भित्र स्टल देखिँदैन ।

आफुहरुले बाँकेका थारु समुदायलाई स्टल राख्नका लागि आह्वान गरेपनि सम्पर्कमा नआएको महोत्सव स्टल व्यवस्थापन उप समितिका संयोजक विष्णु श्रेष्ठले बताए । सबै समुदायलाई स्टल राख्नका लागि संघको तर्फबाट सूचना गरिएपनि कर्णालीका उत्पादन, नेवार समुदाय र बाँके बाहिरका थारु समुदायले स्टल बुक गराएको उनले बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ५६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको