७ बैशाख २०८३, सोमबार | April 20, 2026

बुटवलमा माघ २२ गतेदेखि लखन कप नकआउट फुटबल प्रतियोगिता हुने



बुटवल । बुटवलमा लखन कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा माघ २२ गतेदेखि लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको हो ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको उनले बताए ।

क्लबका संरक्षक संयोजक राम बहादुर थापाले फुटबल खेलको हबका रुपमा रहेको रुपन्देहीमा नया फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । मैदान निर्माणमा धेरै मेहनत गर्नुपरेको उनले बताए । सिद्धेश्वर खेलमैदानलाई सम्याउन पटकपटक गरि काम थपिएको उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १, ५१, ५१५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५,७५७ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १०, ५०० सहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५,५५५ रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । रुपन्देही, नवलपरासी गरि १६ टिमले भाग लिने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

कार्यक्रममा सचिव निरन्जन पन्तले रुपन्देही, नवलपरासीसहित प्रतियोगितामा १६ टिमले भाग लिने बताए । धेरै लामो समयपछि आफुहरु प्रतियोगिता आयोजना गर्न लाग्दा समन्वयमा केही कठिनाई भएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : १८ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका