१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जाडोमा केरा खाँदै हुनुहुन्छ ? कम्तिमा यो जानकारी राख्नुहोस्



काठमाडौं। चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । ‘के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले फाइदा हुनेछ ?’ सधैं चर्चाको विषय बन्छ । फलफूल, विशेषगरी केरा खाँदा मनमा शंका उत्पन्न हुन्छ ।

मानिसहरु बिहान, दिउँसो र बेलुका केरा खाने कुरा गर्छन् कि यस समयमा केरा खानु हुँदैन, त्यो समयमा खानुपर्छ तर आज हामी तपाईलाई विशेषज्ञ चिकित्सकका अनुसार सही जानकारी बताउन गइरहेका छौँ ।

विज्ञ चिकित्सकहरु बिहानको खाजामा केरा खानुपर्ने बताउँछन् । बिहान केरा खाँदा दुई प्रकारका फाइदा हुन्छ । एक, यदि तपार्इ तौल घटाउन चाहनुहुन्छ भने यसले यसको लागि पनि काम गर्दछ। दोस्रो, तौल बढाउन चाहनुहुन्छ भने यसले पनि काम गर्छ । तर, दुवैको विधि फरक–फरक छ । दिउँसो र राती केरा खानुभयो भने यसले तपाईलाई हानि पु¥याउन सक्छ ।

चिसो दिनमा बेलुका केरा खानु हुँदैन । बेलुकी केरा खाँदा पाचन क्रियामा गडबड हुन सक्छ तसर्थ तपाईंले दिमागमा राख्नु पर्ने पहिलो कुरा यो हो कि तपाईंले बिहान केरा खानुपर्छ । किनभने, केरामा धेरै मात्रामा स्टार्च र फाइबर पाइन्छ, जसले गर्दा साँझ पचाउन समस्या हुन्छ । त्यसैले विशेष ख्याल राख्नुपर्छ ।

यदि तपाई बिहान ड्राई फ्रुट्ससँग केरा खानुहुन्छ भने यसले तपाईको तौल बढाउँछ र केरा मात्र खायो भने तपाईको तौल घट्छ । केराले तपाईंको शरीरमा दुई प्रकारका फाइदाहरू दिन्छ । एउटाले तौल घटाउने काम गर्छ, अर्कोले तौल बढाउने काम गर्छ। तर तपाईले दुबै विधिहरू जान्नु पर्दछ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : ५५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा