६ श्रावण २०८३, बुधबार | July 23, 2026

सञ्चारमन्त्रीको तर्क : राष्ट्रिय एकता बलियो बनाउन समाजिक सञ्जाल विधेयक



लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको राष्ट्रिय एकता बलियो बनाउने उद्देश्यले सामाजिक सञ्जाल विधेयक, २०८१ ल्याइएको दाबी गरेका छन् ।

बेँसीसहरमा नेप्रेस चौतारीको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले लोकतन्त्रको मूलभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको अभिव्यक्ति सिद्धान्तलाई आत्मसात गर्न र त्यसलाई थप व्यवहारिक रुपमा प्रभावकारी बनाउन उक्त विधेयक ल्याइएको बताए ।

“विधेयक संसद्मा पेस भएको छ, त्यहाँ आवश्यक छलफल हुने नै छ”, उनले भने, “राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन विधेयक ल्याइएको हो ।” सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न खोजिएको उल्लेख गर्दै उनले नियन्त्रण गर्ने उद्देश्य नभएको बताए ।

“मौलिक हकका रुपमा रहेको सूचनाको हकलाई कुण्ठित हुने विषयमा सरकार सचेत छ, जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रतासम्बन्धी कुण्ठित नहुने गरी विधेयक पेस गरिएको छ”, उनले भने ।

उनले पत्रकारहरुले लोकतन्त्रका पक्षमा रहेर समृद्धि, सभ्य समाज निर्माणका लागि लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : ०० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क