४ पुस २०८२, शुक्रबार | December 20, 2025

सीसीए कलेजको आयोजनामा काठमाडौंमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता हुँदै



काठमाडौं । सर्टिफाईड कलेज अफ अकाउन्टेसी (सीसीए) कलेजको आयोजनामा काठमाडौंमा पहिलोपटक वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

आगामी माघ २६ गते अर्थात्, फेब्रुअरी ८ मा सीसीए कलेजले अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता २०२५ गर्न लागेको हो ।

यस प्रतियोगिताले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई सार्वजनिक भाषण, सिर्जना र आत्मविश्वासको क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्न उत्कृष्ट मञ्च प्रदान गर्ने उद्देश्यले वक्तृत्वकला आयोजना गर्न लागिएको सीसीएका निर्देशक मनिष शर्माले बताए ।

प्रतियोगितामा काठमाडौंका करीब २५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूले भाग लिने निर्देशक शर्माले जानकारी दिए ।

प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिक र व्यावसायिक सफलताका लागि अत्यावश्यक पर्ने आलोचनात्मक सोच, उच्चारण, आत्मविश्वास तथा विचारोत्तेजक भाषण कला प्रस्तुत गर्न सहयोग पुर्याउने छ ।

निर्देशक शर्माका अनुसार प्रतियोगिताको विजेताले एउटा ट्याब्लेट, प्रमाणपत्र र मेडल, पहिलो रनर-अपले स्मार्टवाच, प्रमाणपत्र र मेडल, दोस्रो रनर-अपले हेडफोन, प्रमाणपत्र र मेडल र सबै सहभागीहरूलाई सहभागी प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा भाग लिन आएका विद्यालय प्रतिनिधिहरूलाई विशेष सम्मानस्वरुप सीसीए कलेजले मायाको चिनो प्रदान गर्नेछ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १२ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको