२० मंसिर २०८२, शनिबार | December 6, 2025

लखन कप फुटवलमा इभोलुसन विजयी



बुटवल । रुपन्देहीमा जारी लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा इभोलुसन क्लब अफ बुटवल विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा बुधबार भएको खेलमा सौभाग्य युवा क्लबलाई ट्राईबेकरमा ४-२ गोलले पराजित गर्दै इभोलुसन दोस्रो चरणमा प्रवेश गरेको हो ।

सिद्धेश्वर लाल कुमारी माबि खेलमैदान भएको खेलको निर्धारित समयमा सौभाग्यका एरोन थापा र हिमाल थापाले गोल गरेका थिए । यसैगरि इभोलुसनका बिनोद केवटले दुई गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल ट्राईबेकर धकेलिएको थियो ।

पेनाल्टी शुटमा सौभाग्यका दुई खेलाडीका प्रहार बाहिरिदा खेलमा पराजित हुन पुग्यो । खेलमा इभोलुसनका बिनोद केवट म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

बिहिबार तिलोत्तमा-११ भुपूसैनिक र शिवनगर परिवारका बिचमा खेल हुने संयोजक राम बहादुर थापाले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ०२ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय