५ श्रावण २०८३, मंगलबार | July 22, 2026

जगत ई मोटर्सले भित्रायो बुटवल र भैरहवामा विश्वकै सबैभन्दा बढि बिक्री हुने याडिया स्कुटर



बुटवल । जगत ई मोटर्स प्रालिले विश्वकै सबैभन्दा ठूलो मध्येको एक इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका ब्राण्डको इलेक्ट्रिक स्कुटरहरु बुटवल र भैरहवामा ल्याएको छ । केही महिना अघिदेखि संचालनमा आएको शोरुममा कम्पनीले मंगलबार बुटवलमा याडिया ब्राण्डको इपोक मोडेल स्कुटर सार्वजनिक गरेको छ भने भैरहवामा बुधवार नै उक्त स्कुटर सार्वजनिक गरिएको थियो ।

प्रालिले याडिया ब्राण्डको इ पोकसहित याडिया एम सिक्स, याडिया ईएटएस प्रो, याडिया जी सिक्स र याडिया जी फाइभ गरी पाँच वटा मोडेलमा स्कटुरको बिक्री वितरण सुरु गरेको छ । स्कुटरको मूल्य १ लाख ७५ हजार देखि ३ लाख ५० हजार रुपैयाँसम्म रहेको छ ।

सार्वजनिक गरिएको याडियाको इपोक एक पटकको फुल चार्जमा एक सय पचास किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । ‘विश्व बजारमा याडिया लोकप्रिय ब्राण्ड बन्न सफल भएको छ । दुई पाङग्रे पेट्रोलियम सवारी साधनको तुलनामा याडियाको इलेक्ट्रिक स्कुटर आजको दिनमा उत्तम विकल्प बनेको छ’, याडियाको आधिकारिक विक्रेता जगत ई मोटर्स प्रालिका प्रबन्ध निर्देशक रिश्चल थापाले भने । ,‘जसलाई सर्वसाधरणले पनि रोज्न थालेका छन् । एक पटकको फुल चार्जका लागि करिब २७ रुपैयाँको विद्युत खपत हुने स्कुटरमा १५० किलोमिटरसम्म सहजै यात्रा गर्न सकिन्छ ।’

उनका अनुसार आकर्षक, स्टाइलिस, पावरफुल रहेको स्कुटरमा तीन हजार वाटको टिटीफार मोटरका साथै ७२ भोल्टर ३८ एचको ग्राफिन ब्याट्री प्रयोग गरिएको छ ।

अन्य बजारमा पाईने स्कटुरहरुको स्पेयर पार्टस पनि सस्तो रहेकोले ग्राहकलाई खर्चिलो नपर्ने उनको भनाई छ । बढ्दो प्रदुषणलाई थोरै भएपनि व्यापारकै माध्यमबाट कम गर्न सकिन्छ कि भन्ने उद्देश्यले पनि आफुहरुले विद्युतीय स्कुटर बजारमा ल्याएको उनले बताए । ‘सवारी साधनको प्रयोगमा आजको आवश्यकता विद्युतीय सवारी साधन नै हो’,प्रबन्ध निर्देशक थापाले भने, ‘पैसा त बचत हुन्छ नै । वायुमण्डलको प्रदुषण घटाउनमा पनि टेवा पुग्छ ।’

जगत ई मोर्टस प्रालि बुटवल ब्रान्च म्यानेजर सुदिश ज्ञवालीले कम्पनीका अनुसार इपोकमा स्कुटरमा ३८० मिमि पेडल स्पेशका साथै ६३० एमएमको फराकिलो सिट र ३० लिटर स्टोरेज डिक्की रहेको जानकारी दिए ।

त्यस्तै एप अनलक, उन्नत सुरक्षा र सहज कनेक्टिभिटी प्रविधि जडान गरिएको छ । अगाडी पछाडीको चक्कामा डिस्क ब्रेकहरु रहेका छन् भने असमान अफ रोडमा पनि स्थिर र सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको दावी छ । प्रति घण्टा ६० किलोमिटरको गतिमा गुडाउन सकिने स्कटुरले १५० एकटर्क उत्सर्जन गर्ने हुँदा सहरी र उकालो यात्रामा पनि सहज र पिक पावर क्षमताको रहेको कम्पनीले जनाएको छ ।

हाल नेपालमा याडियाका रुपन्देही जिल्लामा दुई वटा बुटवल र भैरवामा डिलरसीप जगत ई मोटर्स प्रालिले लिएको छ । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै थप नयाँ उत्कृष्ठ मोडलसमेत ल्याउने योजना रहेको याडियाको आधिकारिक विक्रेता जगत ई मोटर्स प्रालिका प्रबन्ध निर्देशक रिश्चल थापाले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ४ : २१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं