६ श्रावण २०८३, बुधबार | July 22, 2026

अबको एक वर्षमा नेकपा एकीकृत समाजवादी आशा जगाउने पार्टी बन्छ : महासचिव भुसाल



बुटवल । नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकले गणतान्त्रिक नेपालको कार्यक्रम र एजेन्डा बोकेको पार्टी खोजेको बताएका छन् । नेकपा (एकिकृत समाजवादी) रुपन्देहीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशा भन्दा बढि निराशा र उकुस–मुकुस बनाएको बताउँदै अब कार्यक्रम र ऐजेन्डा स्पष्ट भएको पार्टीको आवश्यकता रहेको बताएका हुन् ।

उनले आफूहरु त्यहि गणतान्त्रिक नेपालको ऐजेन्डा बोक्ने क्रान्तिकारी कम्यूनिष्ट पार्टी बनाउने अभियानमा रहेको बताए । उनले जनताको आधारभूत समस्या हल गर्दै आत्मनिर्भर कृषि प्रणालीबाट राष्ट्रियपूजीँको विकास गर्दै रोजगारीको ग्यारेन्टी गर्न योजना र कार्यक्रम सहितको पार्टीको आवश्यकता रहेको बताए । ‘युवा पलायन रोक्न, आर्थिक सामाजिक विकास गर्न, अब जिम्मेवार क्रान्तिकारीहरु एकजुट हुने बेला आएको छ’ महासचिव भुसालले भने –‘अहिले हामी यहि काममा खटिएका छौं ।’

अगुवा कार्यकर्ताहरु समेत रहेको कार्यक्रममा महासचिव भुसालले संविधानको रक्षाका लागि विद्रोहबाट जन्मिएको नेकपा एकिकृत समाजवादीलाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्ने निष्र्कषमा पुगेको बताए । उनले अबको एक वर्षभित्र नेकपा एकिकृत समाजवादी मुलुकमा आशा जगाउने पार्टी बन्ने दावी गरे । उनले आफूहरुले आगामि एक वर्षभित्र गणतान्त्रिक नेपालको स्पष्ट ऐजेन्डा र कार्यक्रमबाट पुष्टि गर्ने बताए । उनले महाधिवेशनबाट संघर्ष र आन्दोलनबाट पार्टी गठन गर्ने कार्यदिशा पारित गरेकाले आफूहरुसँग मात्रै स्पष्ट ऐजेन्डा रहेको बताए । उनले अब छिट्टै केन्द्रीय कमिटिको बैठकलगतै राजनीतिमा देखिएको सन्नाटालाई चिर्ने गरी जनताको विचमा जाने बताए ।

उक्त अवसरमा महासचिव भुसालले नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य रामप्रसाद अर्याल, नेकपा एमाले निकटको मजदुर संगठनमा क्रियाशिल नेता राजु थापा, वाइसिएल नेता आशिष विक, मेघराज भट्टराईलाई अविर खादा ओढाएर पार्टी प्रवेश गराए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडे, प्रदेश सदस्यहरु हिराध्वज शाह, राजेन्द्र प्रसाद पाण्डे, कमल भण्डारी, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : ०४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क