१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

शाइन रेसुङ्गा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा ‘रन टु शाइन’ हुने



बुटवल । आफ्नो १७ औं वार्षिकोत्सबको अवसरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले ‘नेश्नल १० के रन’ गर्ने भएको छ । फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु शाइन’ दौड प्रतियोगिता हुने भएको हो ।
बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि बैकका सिईयो प्रकाश पौडेलले आम नागरिकलाई स्वस्थ्य सचेतना जगाउने गरि पहिलोपटक ठूलो राशीको दौड प्रतियोगिता गर्न लागेको बताए । खुला, स्थानिय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरि ३ विधामा आयोजना हुने प्रतियोगिता कखरा ईभेन्टमा सहकार्य, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्विकृतीमा संचालन हुने उनले बताए ।
स्थानीय पालिकाहरुको समेत समन्वय र सहकार्य हुने प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दुबै विधाको खुलातर्फ विजेताले नगद १ लाख रुपैया, उपविजेताले नगद ४० हजार, तेस्रो चौथो, पाचौलाई क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि स्थानिय धावकको ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा पुरुष, महिलाको विजेताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रुपैया प्राप्त गर्ने उनले बताए । सामाजिक उत्तरदायित्वसंगै वातावरण जोगाउने गरि १७ हजार बोट बिरुवा वृक्षारोपण गरेको समेत बताए । काठमाडौं बाहिर हेड अफिस भएको एकमात्र राष्ट्रिय विकास बैक भएको उनले बताए ।
प्रतियोगिता संयोजक गर्ने गरि खेलपाटीका सिईयो हिम बिक्रम केसी र बैकका सिईयो प्रकाश पौडेल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खेलपाटीका सिईयो हिम बिक्रम केसीले कालिकानगर बैक परिसरबाट शुरु भएर मणिग्राम चोकबाट पुनः बैक परिसरमा समापन हुने उनले बताए । करीब २ हजार जना सहभागी हुने अनुमान रहेको कार्यक्रम आयोजनामा २० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : १९ बजे

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम