३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रुपन्देहीको रोहीणीमा रहेको पशुपति माविका बालबालिकालाई पहिलो पाइला नेपाल बुटवलले गर्यो न्यानो कपडा वितरण



बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले रुपन्देहीको रोहीणी गाउँपालिका-६ स्थित पशुपति माध्यमिक विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको न्यानो माया अभियान अनतरगत शनिबार विद्यालयमा रहेका ३६४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

सो अवसरमा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले शैक्षिक सुधारका लागि गाउँपालिकाले भौतिक संरचना सुधारलाई प्राथमिकता दिइएको बताएका छन् ।

पालिकाका हरेक विद्यालयमा सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन भई निर्माणको चरणमा रहेको र उक्त योजनाहरु पूरा भएपछि आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन गरिने उल्लेख गरे ।

पहिलो पाइला नेपालले पछाडि परेको बस्तीमा अवस्थित विद्यालयमा आएर गरिव तथा विपन्न परिवारलाई कपडा वितरण गरेर मानवीय सेवा गरेकोप्रति धन्यवाद ज्ञापन गरे ।

गाउँपालिका उपाध्यक्ष शिवकान्त हरिजनले सीमित स्रोत र साधनका बाबजुत गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार चुनौतिपूर्ण रहेको बताउँदै पहिलो पाइला जस्तै सामाजिक कार्यमा सक्रिय संस्थाहरुको समेत साथको आवश्यकता औल्याए ।

पहिलो पाइला नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल, रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे लगायतले बोल्दै सामाजिक र मानवीय कार्यमा थप सक्रिय भएर लाग्न आह्वान गरे ।

पहिलो पाइला बुटवल शाखाका अध्यक्ष सन्तोष बन्जाडेले अभाव र समस्याहरुका बीचमा गएर संस्थाले मानवीय कार्यमा जोडिँदै आएको उल्लेख गरे । प्रथम उपाध्यक्ष तथा न्यानोमाया अभियानका कार्यक्रम संयोजक सन्तोष केसी पहिलो पाइला नेपालको इतिहास र वर्तमान, काम कर्तव्यको बारेमा जानकारी गराउँदै अभियानमा जोडिने सहयोग संस्थाहरुलाई समेत धन्यवाद ज्ञापन गरे ।

कोषाध्यष नरेश न्यौपानेको स्वागत तथा सचिव मनिष खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । संस्थाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा पुगेर गरिव तथा विपन्न परिवारलाई राहत वितरणका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विभिन्न सिर्जनशिल क्रियाकलापहरुमा सहभागिता जनाउँदै आएको छ । संस्थामा आबद्ध एक सय बढी सदस्यहरुले स्वतस्फूर्त रुपमा संकलन गरेका सहयोग रकम तथा सामग्रीका साथै संघ संस्थाहरुबाट उपलब्ध सामग्रीहरु वितरण गर्ने गर्दछ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : ३२ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता