२१ भदौ २०८३, आइतबार | September 6, 2026

मानव बेचबिखन नियन्त्रण गर्न सिमाना र सम्बन्ध सुधार हुनुपर्छ : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै, यस समस्याको समाधानका लागि दुई देशबीच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औंल्याएका छन् ।

सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन नियन्त्रण सम्बन्धी इन्डो-नेपाल क्षेत्रीय संवाद कार्यक्रमको लुम्बिनीमा सोमवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा शिक्षा, चेतना र रोजगारीको अभावले पनि मानव बेचबिखनको समस्या देखिनु गम्भीर बिषय भएको बताए । ‘लुम्बिनी प्रदेशको भारतसँग लामो सिमाना मात्र होइन, गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। त्यसैले, कतिपय समस्याहरू हामी छिमेकी मिलेर नै समाधान गर्न सक्छौं। तर मानव बेचबिखन नियन्त्रण तथा सुरक्षित आप्रवासन सुनिश्चित गर्न राष्ट्रस्तरीय नीति आवश्यक पर्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘दुबै देशले सिमानामा बिशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।’

प्रदेश सरकारले सुरक्षित आप्रवासनलाई प्रवर्द्धन गर्दै, अवैध आप्रवासन तथा मानव बेचबिखन रोक्न विभिन्न कार्यक्रम अघि सारेको उनले बताए । सचेतना अभियान सञ्चालन, सीपमूलक तालिम, सुरक्षित रोजगारीको प्रवर्द्धन तथा सीमा निगरानीलाई कडाइ गर्न प्रदेश सरकारले पहल गरिरहेको उनले बताए ।

मुख्यमन्त्री आचार्यले नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र मानव बेचबिखनविरुद्ध दुवै देशले साझा रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

बेस संस्थाका संस्थापक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । नेपाल र भारतका नीति निर्माता, नागरिक समाज, तथा सरोकारवालाको सहभागीतामा सुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथामका रणनीति, लुम्बिनी प्रदेशमा आप्रवासन र मानव बेचबिखन नियन्त्रणको रणनीति विकासको बारेमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : ५७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त