१४ असार २०८३, आइतबार | June 28, 2026

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पायो पूर्णता



नेपालगन्ज । बाँकेको नेपालगञ्जमा रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पूर्णता पाएको छ । विवाद समाधानका लागि भन्दै गठन भएको अब्दुल रहमान मियाको अध्यक्षतामा गठित नयाँ समितिले पूर्णता पाएको हो ।

मस्जिदका निर्वातमान अध्यक्ष फिदा हुसेन अन्सारी नेतृत्वको समितिले राजिनामा दिए पछि लामो समय देखि नेतृत्व विहिन रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिमा तदर्थ समितिका अध्यक्ष बनाइएका वडा नं.३ का अध्यक्ष समेत रहेका अयुब सिद्धिकिले ८ महिना सम्म निर्वाचन गराउन नसके पछि मुस्लिमहरु आन्दोलित हुदै आएका थिए ।

मुस्लिमहरुले निरन्तर आन्दोलन गरे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठकबाट संघ संस्था ऐन २०३४ को अधिनमा रही रहमान मियाँको अध्यक्षतामा १७ सदस्य समिति गठन गरेको थियो । असन्तुष्ट पक्ष र राजनितिक दलका नेताहरुको रोहबर बसेको सर्वपक्षीय बैठकले समितिलाई पूर्णता दिएको हो ।

पूर्णता पाएको समितिमा अध्यक्षमा रहमान मियाँ, उपाध्यक्षमा रौनक अली इद्रिसी, महासचिव ऐनुद्दीन अन्सारी, सहसचिव अब्दुल अजीज काजी अन्सारी,कोषाध्यक्षमा मोहम्मद हुसेन हलवाई सर्वसम्मत छानिएका छन् ।

त्यस्तै सदस्यहरुमा आलम खान,मोहम्मद सरिफ बागवान,अब्दुल गफ्फार खाँ (चाँद), हाजी यासीन, निजाम अली इद्रिसी, कारी सगीर खाँ, रहिस हल्वाई, सुफियान सल्मानी, सहबुद्दीन हल्वाई, इसहाक सिद्धिकि,सगीर खाँ र सलाहुद्दीन हलवाई रहेका छन् ।

समितिले पूर्णता पाएपछि मस्जिदको संरक्षण, प्रवद्र्धन हुने तथा भेटीघाटीलाई पारदर्शी हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत बिनिता यादवले विश्वास व्यक्त गरिन् ।

मस्जिदमा विगतमा भएको अनियमिताका विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेले छानविन गरी आवश्यक कारवाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ३९ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट