२५ भदौ २०८३, बिहिबार | September 10, 2026

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

बसका यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने



बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायी प्रालिबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पञ्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरु र प्रालिको बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन् ।

यात्रुहरूले पश्चिम नेपाल बस ट्यवसायी प्रा।लिमा आवद्ध बसहरूमा यात्रा गरेको टिकट देखाई ३ महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसायी सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ गोलपार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको बसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ । केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको टृश्यावलोकन गर्न सकिन्छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रा।लि। नेपालको पुरानो र ठुलो मध्येको एक ट्यावसायिक संस्था हो । यस प्रा।लि।मा हाल २४०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् । यस प्रा।लि।ले साधारण यात्रुबाहक बसदेखि आधुनिक सुविधा सम्पन्न आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बसहरू सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १२ : १४ बजे

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको