१० श्रावण २०८३, आइतबार | July 26, 2026

विद्युत् प्राधिकरणले समन्वय नगर्दा बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुट्यो : मन्त्री यादव



काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताएका छन् ।

सो क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेका मन्त्री यादवले विद्युत्का तारहरू जमिनमा बिछ्याउनका लागि खन्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको बताए ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले भने, “विद्युत् प्राधिकरणले सधैँ हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।”

मन्त्री यादवले पाइपलाइन तत्काल मर्मत गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताए । उनले भने, “फुटेको पाइप चाँडै मर्मत गरी पानी पठाउने छौँ ।”

काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले पानी बन्द हुनासाथ फुटेको पाइप मर्मत गरी सेवा सञ्चालन गरिने जानकारी दिए । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न भएका थिए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : २६ बजे

दाङको राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा