६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै : उपसभामुख राना



बुटवल । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै हुने टीप्पणी गरेकी छिन । उनले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढेर युग सुहाउदो शिक्षा आर्जन गर्न बिद्यार्थीहरुलाइ आग्रह गरिन ।

रुपन्देहीको बुटवल स्थित क्यानन माध्यमिक विद्यालयको २८ औँ वार्षिकोत्सव तथा रजत जयन्ती २०८१ को बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गर्दै रानाले बालबालिकाको पहिलो टिचर अभिभावक र दोस्रो शिक्षा दिने स्कुल रहेको उल्लेख गरिन ।

उपसभामुख रानाले विद्यार्थीलाई इमानदार, सादगी र सदाचारी बन्न समेत आग्रह गरिन । उनले भनिन- ‘अहिलेको शिक्षालाई संसारभर प्रतिस्प्रर्धा गर्न सक्ने खालको बनाउनुपर्छ ,यसमा बुटवलको क्याननले गरेको अभ्यास अनुकरणीय छ ।’ ‘अहिले टेक्नोलोजीले संसार सानो बनाएको छ, संसारका सबै गतिविधि एकै छिनमा सबैले जान्न र हेर्न सक्छन्, त्यसैले आँट र शाहस गरेर अघि बढ्नुपर्छ ।’ उनको भनाइ छ ।

उनले शिक्षाले तोपले जस्तै परिवर्तन ल्याउने उल्लेख गरिन । उनले भनिन- ‘जहा शोषण हुन्छ त्यहा क्रान्ति हुन्छ, शिक्षाले परिवर्तन आउछ,शिक्षा पनि तोप जस्तै हो ।’ रानाले नेपाल सुन्दर रहेको उल्लेख गर्दै भनिन- ‘हामी माटोबाट आएको माटो मै जाने हो, प्रकृति संरक्षणमा जुट्नुस्, नेपाल देश सुन्दर छ, देश भित्र घुम्नुस्, देश बाहिर भन्दा देश नै सुन्दर छ, मैले संसारका धेरै देश घुमेर हेरेको छु ।’

सो अवसरमा क्याननले नगद ५१ हजारसहित उपसभामुख राना मगरलाइ अभिनन्दन गरेको थियो । त्यस्तै राष्ट्रिय क्रिकेट खेलाडि देव खनाललाइ अनुबन्धन समेत गरेको छ । सो अवसरमा पत्रकारिताक्षेत्रबाट शिक्षा र समाजलाइ जोड्न उल्लेखनीय भूमिका निर्बाह गरेको भन्दै गोरखापत्रकर्मी कपिल ज्ञवालीलाई नगद १० हजार, दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यस्तैगरि क्यानन माविका संस्थापकहरु, उत्कृष्ट शिक्षक, कर्मचारी, सहयोगी सबैलाई प्रशंसापत्र, करुवा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्राचार्य शंकर भण्डारीले विद्यालयलाइ समय सापेक्ष परिवर्तन गरेर अघि बढ्नका लागि नयाँ भिजन तयार पारिएको उल्लेख गरे । उनले अबको ५ वर्षमा रुपन्देहीको नम्बर वान स्कुलका रुपमा परिवर्तन गरेर देखाउने दाबी गरे । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका प्रमुख रोमाकान्त तिवारी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका अध्यक्ष थानेश्वर पौडेल, प्रबन्ध निर्देशक दिपक पौडेल, प्राचार्य शंकर भण्डारी, सञ्चारकर्मी सुमन श्रेष्ठ लगायतले बोल्दै विद्यालयलाइ पठन पाठन मात्रै होइन संस्कार र ब्यवहार सिकाउने थलोको रुपमा समेत विकास गर्नुपर्ने धारणा राखे ।

रजत जयन्तीको अवसरमा रक्तदान, माघ २२-२५ खेलकुद सप्ताह, जिल्ला स्तरिय बादबिवाद प्रतियोगिता लगायत कार्यक्रम संचालन गरिएको इसिए इन्चार्ज मिनराज गिरीले जानकारी दिए । बुटवल ८ मा रहेको विद्यालयमा प्ले ग्रुप देखि १० सम्म ७ सय जना र यसैगरि विज्ञान र व्यवस्थापन विषयमा गरि ११ र १२ मा ३२२ विद्यार्थीहरु अध्ययरत रहेका छन ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ५ : ३४ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस