१० श्रावण २०८३, आइतबार | July 26, 2026

बुटवलको ६६ औं स्थापना दिवस : बुटवललाई महानगरतर्फ लैजाने ‘क्राइटेरिया’ पुग्दै गएको छ – उपप्रधानमन्त्री सिंह



बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६६औँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । आज बुटवल स्थित उपमहानगरपालिका परिषरमा एक समारोह गर्दै बुटवल उपमहानगरको स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस समारोहमा आइपुगेका संघीय सरकारका उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताए । सिंहले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै अहिले संसद्का दुई ठुला दल मिलेर अहिले सरकार बनेको बताए ।

‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसद्का दुई ठुला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’ उनले भने, ‘संघीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको छ । राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि सरकार लागेको छ ।’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले अब सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिन सक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरि सहरलाई अघि बढाउनुपर्ने बताए । बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले बुटवलको दीर्घकालीन विकासका विशेष योजना ल्याउन आग्रह गरे ।

उनले बुटवल बुद्धको जन्मभूमि भएको क्षेत्र भएको उल्लेख गर्दै यहाँ पर्यटन क्षेत्रबाटै समृद्धि ल्याउन सकिने बताए । उनले नयाँ अवको योजना बनाउँदा नागरिकलाई सुविधामै विशेष ध्यान दिन आग्रह गरे । ‘बुटवल उपमहानगर त्यसै बनेको होइन, अब नयाँ ढंगले काम गर्ने योजना बनाउनुस् ।’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले बुटवललाई महानगरतर्फ लैजाने क्राइटेरिया पुग्दै गएकाले त्यसमा ध्यान दिन पनि आग्रह गरे ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले बुटवलको विकासमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिए । उनले सुकुम्वासी र अव्यवस्थित बसोबासी समस्या समाधानका लागि सरकारले कानुन निर्माण गरेर अघि बढ्न खोजेको र यसले बुटवलको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले नगरको विकास र समृद्धि तथा नागरिकका अधिकारका लागि सहमति र सहकार्य महत्वपूर्ण रहेको बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास र समृद्धिका लागि सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा नगरको समग्र विकासमा योगदान दिएका विभिन्न क्षेत्रका अगुवा, अभियन्ता, टोल विकास संस्थाहरुलाई सम्मान गरिएको थियो ।

बुटवल उपमहानगरपालिकाको खेलकुद क्षेत्रको विकासमा पत्रकारिताका माध्यमबाट पुर्याएको योगदान गरेको भन्दै खबरकुराका सम्पादक दिनेश कुमार श्रेष्ठ सहित विभिन्न सञ्चार गृह र सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न जातजाती र संस्कृति झल्कने झाकीहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ०३ बजे

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक

कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच