काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास सिलिन्डर विस्फोटको घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा रहेका घाइते थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भएका २५ वर्षीय छिरिङ लामा छन्। उनको गएराति ११४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत माघ २३ ते ग्यास लिक भएर घएको आगलागीमा परि ११ कामदार घाइते भएका थिए । ती मध्ये प्रदीप तामाङ रविन राई र मंगलबार भीमबहादुर घलेको मृत्यु भएको थियो।
अरु घाइतेको उपचार जारी छ ।



















प्रतिक्रिया