६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित



नेपालगन्ज । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकले दुई विधेयक पारित गरेको छ । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको दशौँ बैठकले लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए । मुख्यमन्त्री आचार्यले पेस गरेको विधेयकलाई सभामुख तुलाराम घर्ती मगरले बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा विधेयक बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

त्यसैगरी मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पनि लुम्बिनी प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभाको आजको पहिलो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले किसानलाई रासायनिक मल उपलब्ध गराउन, गत वर्षको आर्थिक दायित्व अविलम्ब भुक्तानी गर्न तथा चालु आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : १९ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको