३ असार २०८३, बुधबार | June 17, 2026

नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत



काठमाडौं । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पेस गरेपछि सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। बहुमतले सदनले प्रस्तावलाई स्वीकृत गरेको हो ।

विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने छन् । अहिले सांसदहरूले विधेयकमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ । अहिलेसम्म सांसद श्यामकुमार घिमिरे, योगेश भट्टराई, चन्दा कार्की, विराजभक्त श्रेष्ठ, रामहरि खतिवडालगायतले आफ्नो धारणा राखिसकेका छन् ।

आइतबार गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए। तर गणपूरक संख्या नभएकाले निर्णयार्थ पेस हुन सकेन ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : ०८ बजे

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था