२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्जमा हात्तीपाइलेविरुद्धको औषधि नखानेहरुको संख्या १८.४५ प्रतिशत, आजबाट खुवाउन सुरु



नेपालगन्ज । नेपालगन्जमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरु भएको छ ।

वडा नं ८ बाट स्थानीयलाई सो रोगविरुद्ध औषधि सेवन गराई आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आफूले पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जानकारी दिँदै औषधि ढुक्क भएर सेवन गर्न आग्रह गरे ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएकाले औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भएको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न आग्रह गर्दै औषधि सेवन गर्न नआएकालाई घरघरमा पुगेर पनि औषधि सेवन गराइने बताए । बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि सेवन गरेका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत नपुगेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

जिल्लाको डुडुवा र नरैनापुरमा यही फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको प्रमुख शाहीले जानकारी दिए । बाँकेमा कुल दुई लाख ५७ हजारभन्दा बढीलाई सो औषधि खुवाइनेछ ।

नेपालगन्जमा एक लाख ६४ हजार ९६, डुडुवामा ४२ हजार १७४ र नरैनापुरमा ४२ हजार ३६९ र बैजनाथको ४ नं वडामा आठ हजार ९६२ गरी कुल दुई लाख ५७ हजार ६०१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : २३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले