२ बैशाख २०८३, बुधबार | April 15, 2026

नारायणगढ–मुग्लिन सडकमा बने सबै पुल नयाँ



चितवन । नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए । पछि १५ नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो ।

सो पुल निर्माणस्थलमा घरटहरा रहेकाले मुआब्जा दिन ढिलाइ हुँदा पुल बन्न समय लागेको थियो । यसअघि तुइन खोलाको पुल सञ्चालनमा आएको थियो । दुई वर्ष हिउँदमा सडक रोकी भित्तो काटेर पहाड भत्काएर सो पुल निर्माण गरिएको हो ।

उक्त सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैङ्कको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल सोहीअनुसार फराकिलो बनाइएको छ ।

पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । रु एक अर्ब २६ करोड ५० लाख पाँच हजार ५९६ को लागतमा पुल निर्माण सम्पन्न भएको दरैले जानकारी दिनुभयो । ३ वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । झण्डै २ वर्ष थप समय लगाएर पुल निर्माण सम्पन्न भएको हो ।

कोभिड, मुआब्जा वितरण, भित्तो काट्न समस्या, विद्युत्का तार तथा खम्बा व्यवस्थापन, मठ–मन्दिर, शौचालय, प्रतीक्षालय स्थानान्तरण लगायतका कारण सम्झौता गरिएको समयमा काम सम्पन्न हुन नसकेको दरैको भनाइ छ । यो सडक हुँदै दैनिक १० हजार बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् । यसमध्ये धेरै राजधानी जाने र बाहिरिने हुने गर्दछन् । पुल विस्तारसँगै सवारी साधन जामको समस्या कम हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : २६ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले