२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

तेस्रो मेयर कप लन टेनिस प्रतियोगिता २०८१ : वुमन्स सिगलमा सुनिरा थापा बनिन विजेता

मेन्सको उपाधिका लागि प्रदिप र रितिक भिड्ने



बुटवल । रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिगलको उपाधि सुनिरा थापाले चुमेकी छिन । बुधबार भएको फाईनलमा नेपालका वरियतामा नम्वर वन खेलाडी अभिलाषा विष्टलाई पराजित गर्दै दोस्रो नम्बरकी उनि च्याम्पियन बनेकी हुन । डिफेन्डिङ च्याम्पियन समेत रहेकी बिष्ट रिटायर्ड भएपछि उपविजेतामा चित्त बुझाईन । पहिलो सेटको शुरुवातमा विष्टले अग्रता लिएपनि खेलमा फर्कदै ६–३ ले सुनिराले जित निकालिन । दोस्रो सेटमा भने खेल भैरहदा विष्ट रिटार्ड भएसंगै खेल सुनिराले आफ्नो नाममा गरिन । वरियतामा दोस्रो नम्बरमा रहेकी उनी यो जितसंगै रेकिङमा समेत फरक पर्छ ।

प्रतियोगितामा भगवती बिक र आयसा डोल्कर गुरुङ तेस्रो भईन ।
यता मेन्स सिगलको उपाधिका लागि नेपालको वरियतामा नम्बर वन रहेका प्रदिप खड्काले बुटवलका रितिक रानासंग शुक्रबार फाईनल खेल्ने भएका छन । बुधबार भएको पहिलो सेमीफाईनलमा प्रदिप खड्काले निहाल जेबी थापालाई ६–४, ६–० तथा दोस्रो सेमीफाईनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।

यसैगरि ३५ प्लसमा सिगलमा जितेन्द्र परियार, राजन पौडेल, सन्तोष खत्री र दीप जेबी राना सेमीफाईनलमा प्रवेश गरेका छन । जितेन्द्रले चोम बहादुर शाहलाई ६–०, ६–० को सेटमा, राजन पौडेलले भिम बहादुर मगरलाई ७–६, ७–६ को सेटमा, सन्तोष खत्रीले सोम रानालाई ६–१, ६–२ को सेटमा तथा दीप जेबी राना वाकओभर पाउदौ अन्तिम चारमा प्रवेश गरेका हुन ।

यसैगरि ४५ प्लस सिगलतर्फ देव क्षेत्रीले रोहित सुनुवारलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै अँिन्तम चारमा प्रवेश गरेका छन ।

यसैगरि ५५ प्लस सिगलमा चन्द्र शाहीले उत्तम कुमार गुरुङलाई ६–१, ६–२ तथा उत्तम बोगटीले राजकुमार गुरुङलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन ।

यसैगरि ६५ प्लस सिगलमा मनोज रानाले भिक्टर रानालाई ६–२, ५–१ मा रिटार्यड भएसंगै राना विजेता बनेको टुर्नामेन्ट सुपरभाईजर बिकास खड्काले बताए ।

यसैगरि ३५ प्लस डबल्समा जितेन्द्र परियार र समिर एसको जोडीले राजन परियार र चोम बहादुर एसको जोडीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु सहभागी रहेको टुर्नामेन्ट डाईरेक्टर राजन पौडेलले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ३ : ०८ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब