२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

तेस्रो मेयर कप बुटवल खुल्ला लन टेनिस प्रतियोगिता : उपाधिका लागि प्रदिप र रितिकको भिडन्त



बुटवल । रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ मा मेन्स सिगलमा नेपालको वरियतामा नम्बर वन रहेका प्रदिप खड्काले बुटवलका रितिक रानासंग शुक्रबार सामना गर्ने भएका छन् । बुधबार भएको पहिलो सेमीफाईनलमा प्रदिप खड्काले निहाल जेबी थापालाई ६–४, ६–० तथा दोस्रो सेमीफाईनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै दुबैजनाले फाईनल भिडन्त पक्का गरेका हुन् ।

प्रदिप र रितिकको यो चौथौ फाईनल भिडन्त हो । यसअघि काठमाडौंमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रे तथा बुटवलमा समेत फाईनल खेलेका छन् ।

यसैगरि ३५ प्लसमा सिगलमा जितेन्द्र परियार र सन्तोष खत्री उपाधिको लागि आमनेसामने हुदैछन् । पहिलो सेमीफाईनलमा जितेन्द्र परियारले दीप जेबी राणालाई ६–०, ६–० को सोझो सेट तथा दोस्रो सेमीफाईनलमा सन्तोष खत्रीले राजन पौडेललाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।

यसैगरि ४५ प्लस सिगलमा भने देव क्षेत्रीले कमल भण्डारीको सामना गर्ने भएका छन ।
पहिलो सेमीफाईनलमा कमल भण्डारीले माधव भण्डारीलाई ६–२, ६–१ को सेट, तथा अर्को सेमीफाईनलमा देव क्षेत्रीले राज गुरुङलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् ।

विहिबार भएको खेलमा ५५ प्लस सिगलमा चन्द्र शाही विजेता बनेका छन । शाहीले फाईनलमा उत्तम बोगटीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । यसैगरि ६५ प्लस सिगलमा भिक्टर राणाले अब्दुल सहमतलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै उपाधि जितेको टुर्नामेन्ट सुपरभाईजर बिकास खड्काले बताए ।

यसैगरि खुला डबल्सको उपाधि आयुषमान घले र निशान्त श्रेष्ठको जोडीले जितेका छन । फाईनलमा निहाल जंग थापा र सक्षमबिक्रम शाहको जोडीलाई ७–६, ७–६ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

यता ३५ प्लस डबल्समा देव क्षेत्री र दीपजेबी राणाको जोडीले जितेन्द्र परियार र समिर शाहको जोडीलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।

४५ प्लस डबल्सको उपाधि भने कमल भण्डारी र सुर्दशन बि को जोडीले चुमेका छन् । फाईनलमा रोहित सुनुवार र हिमाल शाहको जोडीलाई ६–२, २–६, १०–८ को सेटमा पराजित गर्दै कमल र सुर्दशनको जोडीले उपाधि आफनो नाममा गरे ।

५५ प्लस डबल्समा चन्द्र शाही र उत्तम केएसको जोडीले हिमाल शाह र सुर्दशन बिको जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु सहभागी रहेको टुर्नामेन्ट डाईरेक्टर राजन पौडेलले बताए ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : २३ बजे

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा