६ श्रावण २०८३, बुधबार | July 22, 2026

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आज स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन यही फागुन २७ गतेका लागि तोकिएको बताउनुभयो । उहाँका अनुसार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म तोकिएको छ ।

यस्तै सङ्घ, सङ्गठन दर्ता यही फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोघ फागुन २८ गते र अन्तिम उम्मेदवारको नाम फागुन २९ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ । त्रिविले मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।

यस्तै त्रिविले क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा आवश्यकतानुसार हेरफेर गर्न, आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्ने कार्यतालिकामा उल्लेख गरेको छ । यस्तै त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौन अवधि तोकेको निर्देशनालयका निर्देशक अधिकारीले जानकारी दिए ।

यसअघि त्रिविले ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ आचारसंहिता जारी गरिसकेको छ । स्ववियु निर्वाचनमा एकैदिन चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १० : १४ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज