२१ भदौ २०८३, आइतबार | September 7, 2026

महिला उद्यमीलाई उत्प्रेरणा दिदैं सकियो नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी



नेपालगन्ज । महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन र बजारीकरणको लागि नयाँ सम्भावनाको उजागर गदैं नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८१ सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँके (विन बाँके)को आयोजनमा फागुन ६ देखि १० गते सम्म नेपालगन्जमा प्रदर्शनी भएको थियो ।

महिलाहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनको बजारीकरणको लागि विन बाँकेले हरेक वर्ष प्रदर्शनीको आयोजना गर्ने गरेको छ । नेपालगन्ज बागेश्वरी मन्दिर परिसरको योगा हलमा भएको प्रदर्शनीमा लुम्बिनी, कर्णाली प्रदेशका महिलाहरुले आफनो वस्तुको बिक्री वितरण गरेका थिए । प्रदर्शनीमा करिब ६० महिला उद्यमीहरुले स्टल राखेका थिए ।

प्रदर्शनीको समापन कार्यक्रमलाई सम्बोधन गदैं लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारले गर्ने काम विन बाँकेले गरिरहेको बताइन् । ‘ म निकै खुसी छु । यस्तो राम्रो कार्यक्रम महिला दिदीबहिनीहरुले गरिरहनु भएको छ । महिला उद्यमीका समस्या र सम्भावनाको बारेमा प्रदेश सरकारलाई म जानकारी गराउनेछु । यस्ता कार्यक्रममा प्रदेश सरकारले नीतिगत रुपममै सहकार्य गरेर अगाडी बढने विश्वास लिएको छु ।’ उनले भनिन् । लुम्बिनी प्रदेश सरकारले पनि स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने गरेको बताउँदै सभासद काफ्लेले आगामी दिनमा सहकार्य गरेर काम गर्ने बताइन् ।

नेपालगन्ज उप–महानगरपालिकाको सहकार्य र केएल दुगड ग्रुपको मुख्य प्रायोजनमा भएको प्रदर्शनीका अवसरमा महिला उद्यमीका समस्या, चुनौति र सम्भावनाको बारेमा संवाद कार्यक्रम, सफल महिला उद्यमीको सफलताका कुरा आदान– प्रदान, युवाहरुलाई उद्यम गर्नको लागि उत्प्रेरणा कार्यक्रम, सफल महिला उद्यमी शारदा शर्मा तथा फुटबल खेलाडी सृष्टि थारुलाई सम्मान समेत गरिएको थियो । समापनको अवसरमा सफल उद्यमीको रुपमा बुटिक व्यवसायी सान्तोना राणालाई सम्मान गरिएको थियो ।

आयोजक विन बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले महिला उद्यमीहरुलाई आर्थिक रुपमा सक्षम बनाउनेको लागि प्रदर्शनीको आयोजना गर्ने गरेको बताइन् । उनले भनिन् ‘प्रदर्शनीले हरेक वर्ष नयाँ उचाई हासिल गरिरहेको छ । यसमा विन बाँके परिवारको मिहिनेत र आम्रा शुभचिन्तकको साथ र सहयोग महत्वपुर्ण भुमिका छ । महिलालाई आर्थिक रुपमा सबल बनाउँदै समाजलाई आर्थिक रुपमा बलियो बनाउने लक्ष्यलाई यो प्रदर्शनीले सहयोग गर्ने गरेको छ ।’

प्रदर्शनी संयोजक एवम् विन बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले महिलाहरुमा नयाँ उत्साह जगाउने काम प्रदर्शनी गरिरहेको बताइन् ।

महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई अन्तराष्ट्रिय स्तरमा बिक्री गर्नको लागि प्रदर्शनीले माध्यमको काम गरिरहेको विन लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताइन् ।

महिलाहरुलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित प्रदर्शनीको सुरुआत गरिएको उनले बताइन् । हरेक वर्ष प्रदर्शनीले महिलाहरुले उत्पादन गरेको वस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणको लागि अवसर सृजना गर्ने गरेको भने प्रदर्शनी अवलोकन गर्न आउने महिलाहरुलाई पनि उद्यमी बन्न प्रदर्शनीले अभिप्रेरित गर्ने गरेको छ ।

प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट महिला उद्यमीको प्रतिनिधित्व रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : ५१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त