३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

जी.पी. कोइरालाको स्मृतिमा बुटवलमा महिला भलिबल प्रतियोगिता सुरु



बुटवल । जी पी कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सिद्धेश्वरी माविको खेल मैदानमा सुरु भएको यो प्रतियोगिताको शनिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले छात्रा भलिबल प्रतियोगीताको लागि नगरपालिकाले लामो समय देखि काम गर्दै आएको बताए । विकास निर्माणमा बुटवल उपमहानगरपालिकाले फड्को मारेको भन्दै उनले यसको लागि सबैले साथ र सहयोग गर्नुपर्ने बताएका थिए ।

कतिपय पार्टी भित्रबाट नै राम्रा कामको समेत विरोध भएको भन्दै उनले विरोधको लागि विरोध गर्ने पारिपार्टी बन्द गरी गुण र दोषको आधारमा सर्मथन र विरोध गर्न आवश्यक रहेको बताएका थिए ।

सामुदायिक तथा संस्थागत १६ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगीतामा उद्घाटन खेल नविन औद्योगीक मावि र नयाँ गाउँ माविका बिचमा भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले २० हजार, तेस्रोले १५ हजार सान्तवना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गर्ने अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी र अनुशासित खेलाडीलाई समेत नगद १ हजार ५ सय सहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतियोगिता शुभारम्भ कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, काजिमान श्रेष्ठ सहितका नेताहरुले शुभकामना राखेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : १५ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क