२ असार २०८३, मंगलबार | June 16, 2026

नयाँ शक्तिमा बाबुरामका ज्वाईसहित ९ जना केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा ९ जना केन्द्रीय सदस्य थपिएका छन् । आइतबार अध्यक्ष बाबुराम भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।

केन्द्रीय सदस्यको १० प्रतिशत मानोनित गर्ने विधानको व्यवस्था बमोजिम अध्यक्ष डा. भट्टराईले ९ जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भइसकेका छन् ।

मनोनीत हुने केन्द्रीय सदस्यहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन् ।

सदस्यमा मनोनीत हुने जेकेन्द्र अध्यक्ष डा. भट्टराईका ज्वाईं हुन् । बाबुरामकी छोरी मानुषी भने यसअघि नै उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : १२ बजे

“सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ”

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा,

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज