२१ माघ २०८२, बुधबार | February 4, 2026

उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौं : प्रचण्ड



बाह्रदशी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले संघर्षमार्फत प्राप्त गरेका राजनीतिकको रक्षा र कार्यान्वयनका लागि आफ्नो पार्टीले उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

हिजो वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनका विरुद्ध गरिएको महान जनयुद्धका कारण आज नेपाल समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्राप्त अधिकारको रक्षा र कार्यान्वयनका लागि आम उत्पीडित वर्ग फेरि एकताबद्व भएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

जनताले प्राप्त गरेका अधिकार प्रयोग गर्न नपाएको बरु विभिन्न शक्तिबाट खोस्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसमा सचेत गराउँदै जनतालाई पुनः एकताबद्व भएर अघि बढ्नका लागि आह्वान गर्न पार्टीले जनतासँग माओवादी जागरण अभियान अघि बढाएको बताए । पूर्वी दक्षिण क्षेत्रको उत्पीडित समुदाय राजबंशीको बसोबास रहेको कोच क्षेत्रबाट अभियान सुरु गरेर पश्चिम दक्षिण क्षेत्रको थारु सघन वस्ती कन्चनपुरमा अभियान समापन गरिने जानकारी दिदै उनले यसले पार्टीलाई आफ्नो वर्ग र समुदायमा फर्काउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

यो अभियान जनतासँगको अन्तरसंवादको अभियान भएको उल्लेख गर्दै उनले सबैभन्दा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोत साधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रुपमा गर्न सकिने कामलाई योजनाबद्व रुपमा अघि बढाउने बताए।

यो क्षेत्रमा जन्मसिद्ध नागरिकताको समस्या धेरै देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कानुनी रुपमा हजारौं नागरिकताविहीन नेपालीहरुले नागरिकता पाउने बाटो खुले पनि केही व्यवहारिक समस्या देखिएकाले समाधानका पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै मलबीउको समस्या, जंगली जनावरले पुर्याउने क्षति, नदी कटानको समस्या, सीमा क्षेत्रको शान्ति सुरक्षाको चुनौती, सर्पदंश उपचारको अभाव जस्ता समस्या बढी देखिएकाले यी समस्याको योजनाबद्व समाधानका लागि पार्टी लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ०७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता