काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका छन । केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका-३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ ।
मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पूजाअर्चनापछि उनी फर्किने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले पोखराबाट दिएको भिडियो सन्देश अहिले चर्चामा छ ।
उनले आफ्नो परिवारको धैर्यतालाई कमजोर नठान्न चेतावनी दिँदै आफूले सुरु गर्ने स्टेपलाई साथ दिन उनले आह्वान गरेका थिए । जसलाई लिएर अहिले नेपाली समाज दुई कित्तामा विभाजित भएको छ ।
स्याङ्जामा उनका समर्थकले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए ।




















प्रतिक्रिया